भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक अनन्तराज थापाले प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट १० खेलाडीलाई बाहिर राख्दै शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
भारतविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तान रेनुका नगरकोटेले टोलीमा पुनरागमन गर्दा मञ्जलीकुमार योञ्जन भने अन्तिम टोलीमा अटाउन सकिनन्।
२३ सदस्यीय टोलीमा सविता राना मगरले पनि पुनरागमन गरेकी छन्। यस्तै नेपाल पुलिस क्लबका निर्मला विक र घिम कुमारी गुरुङ पनि लामो समयपछि टोलीमा फर्केका छन्।
सपना राई, अञ्जली वाइबा, सिर्जना चेम्जोङ र गंगा गुरुङ, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, चन्द्रा भण्डारी र रजनी थोकर बाहिरिए।
नेपालले आगामी फागुन ३ र ६ गते दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीको सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेको छ।
अन्तिम टोली :
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे
मिडफिल्डर : विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिती राई र अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, निर्मला विक
Shares
प्रतिक्रिया