सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल सोमबार सुरु हुँदै छन्।
काठमाडौंको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएपछि चौथो चरणका सबै खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
लिगमा सोमबार २ खेल हुँदै छन्। अहिले बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र क्लब भिड्नेछन्।
पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ। दुई खेलमा जित र एकमा बराबरी खेलेको मछिन्द्र ६ अंकमा तालिकाको तेस्रो स्थानमा छ। न्युरोड टिम एनआरटी भने २ खेलमा जित र एकमा पराजित हुँदै चार अंकसाथ छैटौं स्थानमा छ।
आजै दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा मनाङ र फ्रेन्ड्स भिड्नेछन्। मनाङ अपराजित यात्रालाई कायम राख्ने दाउमा हुँदा फ्रेण्ड्स पहिलो जितको खोजीमा छ।
लिगको तेस्रो चरणका खेल सकिँदा शतप्रतिशत नतिजा निकालेको मनाङ ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ। अंकविहीन फ्रेन्ड्स अंक तालिकाको १३औं स्थानमा छ।

प्रतिक्रिया