उत्तरका नेता किम जोङ उनले देशको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्नका लागि आक्रामक नीतिहरु अपनाउने बताएको त्यहाँको सरकारी संचारमाध्यम केसीएनएले उल्लेख गरेको छ।
अमेरिकासँग क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने सम्झौता नमान्ने बताइरहँदा उत्तरको पछिल्लो भनाइ आएको हो।
आफूमाथि लगाइएको प्रतिबन्ध नहटाए अमेरिकाले कहिल्यै नसोचेको उपहार दिने उत्तर कोरियाले बताएको थियो।
उत्तरको पछिल्लो भनाइपछि अमेरिकाले उत्तरले आक्रामक नीति अपनाउनु निराशाजनक कार्य भएको बताएको छ।
अमेरिकाले उत्तरमाथि लगाएको प्रतिबन्ध पूर्ण रुपमा नहटाए आफूले क्षेप्यास्त्र कार्यक्रमलाई तिव्रता दिने उत्तरले बताइरहँदा पछिल्लो उसको पछिल्लो भनाइले उत्तरले क्षेप्यास्त्र कार्यक्रम सशक्त बनाउने योजना बनाएको हुनसक्ने अनुमान गरिएको छ। बीबीसी

प्रतिक्रिया