बार्सिलोनाको खेलाडी रहँदा वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजले लगाएको जर्सी नम्बर ६ गाभीलाई दिइएको छ।
केही समयदेखि खाली रहेको उक्त नम्बरको जर्सी जनवरी ट्रान्सफरपछि गाभीलाई प्रदान गरिएको हो।
बार्सिलोनामा मिडफिल्डमा जर्सी नम्बर ८ र ६ विशेष मानिन्छ। हालका प्रशिक्षक जाभीले ६ नम्बर जर्सी र अर्का मिडफिल्डर आन्द्रे एनिस्टाले जर्सी नम्बर ८ लगाउँथे।
जर्सी नम्बर ८ यसअघि नै पेड्रीलाई प्रदान गरिएको थियो। पेड्री र गाभी हाल बार्सिलोनाका उत्कृष्ठ युवा मिडफिल्डर हुन्।
यसअघि गाभीले जर्सी नम्बर ३० लगाउँदै आएका थिए। बार्सिलोनाको पहिलो टोलीमा खेले पनि गाभी बी टिममा मात्रै दर्ता थिए।
अदालतले बार्सिलोनाको पक्षमा मंगलबार फैसलागरेसँगै गाभी ला लिगामा पहिलो टोलीमा दर्ता भएका हुन्।
गाभीले बार्सिलोनामा नयाँ सम्झौता गरेसँगै तलबको दायराका काराण उनलाई दर्ता गर्न समस्या भएको थियो।
अदालतको फैसलापछि पनि ला लिगाको निर्णय भने बाहिर आइसकेको छैन। तर बार्साले गाभीलाई नयाँ जर्सीमा सार्वजनिक गरेको छ।
ला लिगाले यसमा स्वीकृति दिए अबदेखि गाभीले जर्सी नम्बर ६ लगाउन पाउने छन्।
प्रतिक्रिया