ad ad

खेल


पेरिस ओलम्पिकको उद्घाटन आज, नेपालको झण्डा स्यान्टु र मनीताले बोक्ने

पेरिस ओलम्पिकको उद्घाटन आज, नेपालको झण्डा स्यान्टु र मनीताले बोक्ने

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ७:४२, काठमाडौँ

‘गेम्स् वाइड ओपन’ नाराका साथ पेरिस ओलम्पिक-२०२४ को आज (शुक्रबार) भव्य उद्घाटन हुँदै छ।

फ्रान्सको राजधानी पेरिसमा हुने उद्घाटन समारोह करिब ४ घण्टा चल्ने अपेक्षा गरिएको छ।

यसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्ने खेलको आधिकारिक उद्घाटन र ओलम्पिक कल्ड्रनको लाइट पनि समावेश हुनेछ। 

उद्घाटन नेपाली समयअनुसार राति ११ बजेपछि सुरु हुनेछ। 

पेरिस ओलम्पिकमा नेपालको झण्डा टेवन टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनीता प्रधानले बोक्नेछन्।

स्यान्टु घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन्। मनिता भने एसियाली कोटाबाट छनोट भएकी हुन्।

सय वर्षमा पहिलोपटक फ्रान्सले ग्रिष्मकालीन खेल आयोजना गरेको हो।

उद्घाटन समारोहमा सेलिन डियोन र लेडी गागाले प्रस्तुति दिनेछन्। समारोहका कलात्मक निर्देशक थोमस जोलीका अनुसार उद्घाटन समारोहमा फ्रान्सको विविधता देखाइनेछ।

पेरिस ओलम्पिक लैङ्गिक समानता हासिल गर्ने पहिलो अ‍ोलम्पिक हो। जहाँ ५ हजार २५० महिला र ५ हजार २५० पुरुष खेलाडीले स्पर्धा गर्नेछन्।

पेरिस ओलम्पिकको औपचारिक उद्घाटनअघि नै खेल भने सुरु भइसकेका छन्। 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ओलम्पिकका लागि देश तथा आफूहरू तयार रहेको बताएका छन्।

तर केही पेरिसवासीले सामाजिक सञ्जालमार्फत भीडभाड, मुद्रास्फ्रीति र सहर वरपर पुग्न कठिनाइ हुने चेतावनी दिइरहेका छन्। 

सुरक्षाका लागि गस्तीमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी तथा भाडाका सुरक्षागार्ड परिचालन गरिएको छ। 

सेन-पेरिसको बीचबाट बग्ने नदी उद्घाटन समारोहका लागि बन्द गरिएको छ। त्यहाँ मानिसलाई निश्चित क्षेत्रमा पुग्न क्युआर कोड चाहिने व्यवस्था गरिएको छ।

पेरिस ओलम्पिक आयोजना गर्न झन्डै ९ अर्ब युरो खर्च हुने अनुमान आयोजकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .