ad ad

कला


भाग्दाभाग्दै कहाँ पुग्ला प्रकाश सपुतको परदेशी यात्रा?

भाग्दाभाग्दै कहाँ पुग्ला प्रकाश सपुतको परदेशी यात्रा?

नेपालखबर
माघ १८, २०७९ बुधबार ११:४७, काठमाडौँ

नेपाली लोक गायनका क्षेत्रमा स्थापित भएपछि गायक प्रकाश सपुतले फिल्मी करिअर सुरु गरे। उद्योगमा ब्रान्डका रुपमा स्थापित नारायण रायमाझीको फिल्म ‘पदेशी’को सिक्वेलबाट फिल्मी करिअर सुरु गरे। तर जति सहज रुपमा प्रकाशले फिल्ममा अभिनय गरे, त्यति सजिलो तरिकाले फिल्म रिलिज भने हुन सकेन।

गएको दसैंमा नै फिल्म रिलिज गर्ने तयारीसहित फिल्म निर्माण भएको थियो। तर दसैंमा फिल्म रिलिज हुन सकेन। त्यसपछि यो फिल्म आगामी फागुन ५ का लागि प्रदर्शन तय भएको थियो। तर यो मितिबाट पनि निर्माण टिम पछि हटेको छ। 

दोस्रोपटक प्रदर्शनबाट पछि हटेको निर्माण टिमले यो फिल्म आउने दसैंका लागि प्रदर्शन गर्ने सोच बनाएको बताइन्छ। राजेश वंशलले निर्माण गरेको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्। दसैंपछि फागुन, फागुनबाट पनि निर्माण टिम पछि हटेपछि प्रकाशको परदेशी यात्रा भागिरहेको भनेर चर्चा सुरु भएको छ। 

फिल्म ‘परदेशी २’ बाट फिल्मी करिअर सुरु गरेका प्रकाशले यो फिल्म रिलिज नभएसम्म अर्को फिल्ममा काम नगर्ने घोषणा गरेका छन्। उनले फिल्म निर्माण टिमसँग पनि यो सम्झौता गरिएको बताइन्छ। यो फिल्म हिट फिल्म ‘परदेशी’को सिक्वेल हो। फिलमको सार्वजनिक गीत र टिजरले पनि राम्रो प्रतिक्रिया पाएका थिए। तर तय गरेको मितिमा फिल्म प्रदर्शन गरेर निर्माण टिमले आफ्नै ब्रान्डलाई विश्वास गर्न नसकेको चर्चा पनि सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .