ad ad

खेल


जोकोभिचले १०औँ पटक जिते कीर्तिमानी अस्ट्रेलियन ओपनको उपाधि

जोकोभिचले १०औँ पटक जिते कीर्तिमानी अस्ट्रेलियन ओपनको उपाधि

नेपालखबर
माघ १६, २०७९ सोमबार ७:१६, काठमाडौँ

नोभाक जोकोभिचले १०औं पटक कीर्तिमानी अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। 

२२औँ ग्रान्डस्लाम उपाधि जितेका जोकोभिचले स्पेनिस राफयल नाडालको कीर्तिमानी बराबरी गरेका हुन्। 

१०औं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेपछि चौथो वरीयताका सर्वियन जोकोभचले यो आफ्ना लागि सबैभन्दा ठूलो जित भएको बताएका छन्।

आइतबार राति तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले १०औंपटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। 

जोकोभिचले ग्रीसका सित्सिपासलाई ६–३, ७–६ (७–४) र ७–६ (७–५) ले हराएका थिए। 

३५ वर्षिय जोकोभिचले यसअघि सन् २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२० र २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .