खेल


पीएसजीसँग हार्‍यो रोनाल्डो आबद्ध साउदी क्लब

पीएसजीसँग हार्‍यो रोनाल्डो आबद्ध साउदी क्लब

नेपालखबर
माघ ६, २०७९ शुक्रबार ७:९, काठमाडौँ

पोर्चुगिज फरवर्ड क्रिस्टियानो रोनाल्डोका २ गोलका बाबजुद साउदी अल स्टार–११ विरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रोमाञ्चक जित हासिल गरेको छ। 

बिहीबार राति साउदी अरबमा भएको खेलमा साउदी टोली पीएसजीसँग ५–४ गोल अन्तरले हारेको हो। 

पिएसजीका लागि लिओनेल मेस्सी, केलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले समान एक/एक गोल गरे। 

साउदीका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल गरे। 

खेलको ३९औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो। जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई खराब ट्याकल गर्दै लडाएपछि रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए। 

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो। पाचौँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४३औँ मिनेटमा मार्किहन्सले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिए। तर त्यसको केही मिनेटमा नै रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

खेलको पहिलो हाफमा नै रोनाल्डोले दुई गोल गरे पनि टोलीका लागि पर्याप्त बनेन। 

दोस्रो हाफको सुरुवातमै सर्जियो रामोसको गोलमा पीएसजीले पुनः अग्रता बनायो। 

तर त्यसको केही समयमा नै जाङ ह्युन सुले हेडर गोल गर्द खेललाई ३–३ को बराबरीमा ल्याए। तर बराबरीको दुई मिनेट पछि नै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।

युवा फरवर्ड ह्युगो एकिटिकेको गोलमा पीएसजीले खेलमा ५–३ को अग्रता बनायो। खेलको इनज्युरी समयमा साउदी टोलीका एन्डरसनले गोल फर्काएपनि टोलीको हार टार्न भने सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad