खेल


लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले क्लब नछाड्ने संकेत

लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले क्लब नछाड्ने संकेत

नेपालखबर
माघ ३, २०७९ मंगलबार १३:४२, काठमाडौँ

लिभरपुलका मुख्य प्रशिक्षक जुर्गेन क्लोपले क्लब नछाड्ने संकेत गरेका छन्। क्लोपले आफूलाई जबर्जस्ती नगरिए क्लब नछाड्ने र गर्मीको समयमा एनफिल्डमा केही परिवर्तन हुने संकेत गरेका हुन्। 

प्रिमियर लिगको नवौँ स्थानमा तथा शीर्ष चारको होडमा १० अंकले पछि रहेको रेड्स खराब लयमा रहे पनि उनले टोली नछाड्ने बताएका हुन्। 

उनले भने, ‘म पनि चिन्तित छु, कसैले मलाई नभनेसम्म जादिनँ। अबको गर्मीमा केही परिवर्तन हुनेछ, त्यसमा केही परिवर्तन हुनेछ। मसँग सोच्नका लागि समय छ। हामीले अझ राम्रो फुटबल खेल्न चाहान्छौँ।’ 

जनवरीमा नेदरल्यान्ड्सविरुद्ध मुख्य फरवार्ड कोडी गाक्पोलाई टोलीमा ल्याउने बताइए पनि उनलाई ल्याउने कुनै सम्भावना नभएको क्लोपले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .