ad ad

खेल


जाभीको नेतृत्वमा बार्सालाई पहिलो उपाधि, रियललाई हराउँदै जित्यो सुपरकप

जाभीको नेतृत्वमा बार्सालाई पहिलो उपाधि, रियललाई हराउँदै जित्यो सुपरकप

नेपालखबर
माघ २, २०७९ सोमबार १०:०, काठमाडौँ

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। गएराति भएको खेलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि ३-१ को सहज जित हात बार्दै बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजको नेतृत्वमा पहिलो उपाधि उचालेको हो। 

साउदीको रियाद स्थित किङ फाद स्टेडियममा भएको खेलमा जाभीको टोली सुरुबाटै रियलमाथी हाबी भएको थियो। 

खेलको पहिलो हाफमा २ गोल गरेको बार्साले दोस्रो हाफमा एक गोल थप्यो। लेवान्डोस्कीको पासमा १८ वर्षीय गाभीले ३३ औं मिनेटमा बार्सालाई अग्रता दिलाए। 

पहिलो हाफको अन्तिम मिनेटमा गाभीकै पासमा लेवान्डोस्कीले अग्रता दोब्बर पारेका थिए। ६९ मिनेटमा गाभीकै क्रसमा पेड्रीले जालि चुमाउँदा रियल मड्रिड निरिह बन्यो। खेलको अन्तिम मिनेटमा बार्साले क्लियर गर्न नसकेको बललाई बेन्जिमाले जाली चुमाए पनि रियल खेलमा फर्किन सक्ने अवस्था रहेन।

बार्सिलोनाले कीर्तिमानी १४ औं पटक सुपर कोपा जित्दा १८ वर्षीय गाभी म्यान अफ द म्याच चुनिए। यसअघि रियल बेटिसलाई हराउँदै बार्सिलोना र भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड सुपरकोपको फाइनलमा पुगेका थिए।

स्पेनिस सुपरकपमा कोपा डेल रे र ला लिगाको विजेता र उपविजेता गरी चार टोली सहभागी हुन्छन्। गत सिजनको मध्यान्तरमा बार्साले लिजेन्ट जाभीलाई प्रशिक्षकमा भित्र्याएको थियो। 

गत सिजन कुनै पनि उपाधि जित्न नसकेको बार्सिलोना यस पटक घरेलु उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ। कोपा डेल रे को क्वार्टरफाइनलमा पुगेको बार्सिलोना ला लिगामा पनि शीर्षस्थानमा छ। ला लिगामा पनि रियल मड्रिडले नै बार्सालाई टक्कर दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .