ad ad

खेल


नेपाल टी२० लिगको उपाधिका लागि विराटनगर र लुम्बिनी भिड्ने

नेपाल टी२० लिगको उपाधिका लागि विराटनगर र लुम्बिनी भिड्ने

नेपालखबर
पुस २६, २०७९ मंगलबार १६:३०, काठमाडौँ

नेपाल टी २० लिगको उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स भिड्ने भएको छ। 

मंगलबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। 

विराटनगरले पहिलो एलिमिनेटर खेलमा जित निकाल्दै दोस्रो क्वालिफायर खेलमा स्थान बनाएको थियो। जनकपुर भने लुम्बिनीसँग पराजित हुँदै दोस्रो क्वालिफायर खेलेको हो। 

विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुर ५ बल अगावै १२८ रनमा अलआउट भयो। 

जनकपुरका चन्दविक वाल्टनले सर्वाधिक ५१ रन जोडे। कप्तान त्रिभोन ग्रिफ्तले ३४ र खडक बोहोराले १४ रन थपे। 

जनकपुरलाई कम स्कोरमा रोक्न काइन जोसेप एक्लैले ३ विकेट लिए। नन्दन यादव र राज नन्ननले दुई विकेट लिए। हुसैन तलात र सुर्य तामाङले १ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार पारेको थियो। 

विराटनगरका गौरांन्सु शर्माले ४२ र अर्जुन साउनदले ३५ रन बनाए। राज नन्ननले ३३ र हुसैन तलातले ३१ रन थपे। जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .