ad ad

कोशी


माधव नेपालबारे लेखेको स्ट्याटसले पथरी शनिश्चरेका मेयर तुम्हाफो विवादमा

माधव नेपालबारे लेखेको स्ट्याटसले पथरी शनिश्चरेका मेयर तुम्हाफो विवादमा

नेपालखबर
पुस २६, २०७९ मंगलबार १६:४१, विराटनगर

मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्हाफोले एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबारे सामाजिक सञ्जालमा लेखेको कमेन्टका कारण विवादमा तानिएका छन्।

मेयर तुम्हाफोले नेता नेपाललाई गरेको गाली यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। 

केही दिनअघि एक टिभी शो कार्याक्रमा नेपालले दिएको अन्तवार्ताको लिंकमुनि कमेन्ट गर्दै मेयर तुम्हाफोले नेपाललाई सत्ताबाहिर बस्न नसक्ने भन्दै अपअपशब्द प्रयोग गरी गाली गलोज गरेका छन्। गाली गलौजमा मेयर उत्रिएपछि उनलाई धेरैले आफ्नो पदको मर्यादा भुलेको टिप्पणी गरेका छन्। 

मेयर तुम्हाफोले भने नेता नेपालको लिंकमा आफूले कमेन्ट नगरेको दाबी गरे।

उनले भने, ‘रातको समयमा मेरा छोरा भजिताले मेरो मोबाइल चलाउँछन्। उनीहरुले नै यस्तो कमेन्ट गरेको हुन सक्छ। मैले पनि धेरैको मुखबाट यस्तो कमेन्ट भएको भनेर सुनेको भएपनि आफूले भने हेरेको छैन।’

गएको स्थानीय तहमा निर्वाचनमा उनी एमालेबाट मेयर विजयी भएका थिए।

करिब २ वर्षअघि कान्तिपुर टेलिभिजनले अध्यक्ष नेपालसँग लिएको अन्तरवार्तामा मेयर तुम्बापोले गयराति कमेन्ट गरेका थिए। 
उनले गरेको कमेन्टप्रति एमालेका नेताहरुसमेतले नै आपति जनाएका छन्। 

नेकपा एमालेका नगरउपाध्यक्ष समेत रहेका उमानाथ अधिकारी लेख्छन् ‘सबै जाती, वर्ग र समुदायका मतदाताहरुको मतबाट निर्वाचित मेयर जस्तो गरिमामय पदमा आसिन ब्यक्तिबाट अभिव्यक्त भएको शब्द उनीभित्र रहेको कुनै जात वा समुदायमाथिको निकृष्ट धारणा हो। म व्यक्तिगत रुपमा सो कुराको घोर भत्र्सना गर्न चाहन्छु।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .