ad ad

खेल


वेल्सका कप्तान ग्यारेथले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

वेल्सका कप्तान ग्यारेथले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

नेपालखबर
पुस २५, २०७९ सोमबार २१:५५, काठमाडौँ

वेल्स राष्ट्रिय फुटबल टोलीका कप्तान ग्यारेथ वेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। 

वेलले सामाजिक सञ्जालमा आफूले निकै होसियारी र सोचविचारपछि अन्तर्राष्टिय फुटबलबाट सन्यासको घोषणा गरेको बताएका छन्।

वेलले आफूलाई मनपर्ने खेल खेल्ने आफ्नो सपना पुरा गर्न पाउँदा आफुलाई भाग्यमानी मानेको पनि उल्लेख गरेका छन्। 

वेल्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेका ग्यारेथले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन्। वेलले राष्ट्रिय टोलीबाट १ सय ११ पटक खेलेका छन्। सन् २००६ देखि २०२२ सम्म १सय ११ खेलमा उनले ४१ गोल गरेका छन्। सन् २००५ देखि २००६ सम्म वेल्सको यू १७ टोलीमा खेलेका उनले त्यसपछि पछाडि फर्कनु परेको थिएन। 

कार्फिडमा जन्मिएका वेलले आफ्नो क्लब करियरमा साउथह्याम्प्टन, टोटनहम हस्टपर, रियल मड्रिड र लस एञ्जलबाट खेलिसकेका छन्। क्लब फुटबलको ३९४ खेलमा उनले १४१ गोल आफ्नो नाममा गरेका छ्। 

उनले लेखेका छन्, ‘साँच्चै नै फुटबलले मलाई जीवनका उत्कृष्ट क्षणहरु दिएको छ।’ 

कतार विश्वकपमा समुह बी मा रहेको वेल्स समूह चरणबाटै बाहिरिएको थियो। वेल्सले  २ खेलमा हार र १ खेलमा बराबरीको नतिजा निकाल्दै १ अंकमात्र जोडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .