खेल


बुटवलमाथि रोमाञ्चक जित हात पार्दै विराटनगर पीपीएलको फाइनलमा

बुटवलमाथि रोमाञ्चक जित हात पार्दै विराटनगर पीपीएलको फाइनलमा

नेपालखबर
पुस १०, २०७६ बिहिबार १०:४४,

अब शनिबार हुने फाइनलमा विराटनगरले चितवन राइनोजको सामना गर्नेछ। पारस खड्काको टोली चितवन यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

पोखरा रंगशालामा बिहीबार भएको इलिमिनेटरमा बुटवललाई ८ रनले पराजित गर्दै विराटनगर फाइनल प्रवेश गरेको हो। विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४४ रनमात्रै बनाउन सक्यो।

पहिलो ओभरमा तीन चौका प्रहार गर्दै अफ्ताबुद्दिन अहमदले बुटवललाई आक्रामक सुरुवात दिलाएका थिए। उनको आक्राम पारीको मद्दतमा पहिलो चार ओभरमा बुटवलले कुनै विकेट नगुमाएर ५१ रन जोडेको थियो।

पाँचौं ओभरको पाँचौं बलमा सहाब आलमले अहमदलाई बोल्ड पार्दै विराटनगरलाई ब्रेक थ्रु दिलाए। अहमदले २२ बलमा ६ चौका र २ छक्कासहित ४३ रन जोडे। अर्को ओभरमा जितेन्द्र मुखियाले अर्का ओपन शंकर रानालाई सहाब आलमको हातबाट क्याच गराए। आलमले ८ बलमा ४ रन बनाए।

सहाब आलमले आफ्नो अर्को ओभरमा हर्ष टंन्कलाई जितेन्द्र मुखियााको हातबाट क्याच गराए। टंन्कले ६ बलमा २ रनमात्रै जोड्न सकेँ। सहाबले नै आफ्नो चौथो ओभरमा शुभम सिंहलाई दीपेश श्रेष्ठबाट क्याच गराए। शिभमले ११ बलमा २ चौकासहित १४ रन जोडे। सहाबले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए।

छैटौं विकेटका लािग भीम सार्की र पुरन बिकले ३३ रनको साझेदारी गरे। पुरनलाई विकेटकिपर प्रदीप ऐरीले रनआउट गर्दै बुटवललाई दबाबमा पारेका थिए। पुरनले १६ बलमा २ चौकासहित १५ रन जोडे।

सत्रौं ओभरको अन्तिम बलमा क्रिजमा जमेका ब्याट्सम्यान भीम सार्कीलाई किशोर महतोले पुनित मेहराको हातबाट क्याच गराएपछि खेलमा विराटनगर हावी भएको थियो। भीमले ३४ बलमा ३ चौका र २ छक्कासहित ४४ रन जोडे।

अर्को ओभरको पहिलो बलमै मोहम्मद जाइद आलमले साम्सद सेखलाई खाता नै खोल्न नदिई बोल्ड पारे। १९ औं ओभरमा जितेन्द्र मुखियाले मेडन ओभर फालेपछि खेल विराटनगर तर्फ ढल्किएको थियो। अविनाश बोहराले जितेन्द्रका ६ बलमध्ये कुनै बल पनि ब्याटमा छुन सकेँनन्।
अन्तिम ओभरमा बुटवललाई जितका लागि २६ रन आवश्यक थियो। बलिङमा आएका पुनित मेहराले पहिलो बल वाइड फाले। पुनः पहिलो बल दोहोर्याएका उनले सोमपाल कामी(५)लाई जितेन्द्र मुखियाको हातबाट क्याच गराए। दोस्रो बलमा उनले भर्खरै क्रिजमा आएका ललितसिंह भण्डारीलाई बाउन्ड्रीमा नोमन खानको हातबाट क्याच गराए। तेस्रो, चौथो र पाँचौ बलमा पुनितले एक एक रनमात्रै दिए भने अन्तिम बलमा अविनाश बोहरा(३)लाई बोल्ड पारेसँगै खेल विराटनगरले २१ रनले जित्यो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो।

पहिलो विकेटका लागि मोहम्मद जाइद आलम र सुनिल धमलाले ३९ रनको साझेदारी गरे। पाँचौं ओभरको तेस्रो बलमा भीम सार्कीले जाइदलाई रनआउट पार्दै बुटवललाई पहिलो सफलता दिलाए। जाइदले १३ बलमा ३ चौकासहित २० रन बनाए।

यस्तै सोमपाल कामीले स्ट्रेट बाउन्ड्रीमा उत्कृष्ट क्याच समात्दै लोकेश बमलाई पवेलियन फर्काए। लोकेशले १६ बलमा २ छक्का प्रहार गर्दै १९ रन जोडे।

तेस्रो विकेटका सुनिल धमला र पुनित मेहराले ५७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सअघि बढाएका थिए। ओपनर धमला १७ औं ओभरको तेस्रो बलमा ६१ रनको अर्धशतकीय पारी खेल्दै पवेलियन फर्किए। ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरेका धमलालाई भीम सार्कीले ट्रेन्टमा उत्कृष्ट क्याच समाते।

अठारौं ओभरको अन्तिम बलमा अविनाश बोहराले उत्कृष्ट योर्कर फाल्दै आक्रामक ब्याट्सम्यान पुनित मेहरालाई बोल्ड पारे। पुनितले २१ बलमा २ चौकासहित १९ रन जोडे।

उनको स्थानमा क्रिजमा आएका नोमन खानलाई पहिलो बलमा नै ललितसिंह भण्डारीले साम्सद शेखको हातबाट खाता नै खोल्न नदिई पवेलियन फर्काए।

कप्तान प्रदीप ऐरीले अन्तिममा विस्फोटक पारी खेल्दै टिमलाई सो स्कोरमा पुर्याए। प्रदीपले १३ बलमा ३३ रनको नटआउट पारी खेले। प्रदीपले ४ छक्का र एक चौका प्रहार गरे।

प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्रदान गरिनेछ।

यो पनि: तेस्रो उपाधिको होडमा पारस

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

यो पनि: फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad