ad ad

खेल


नेपाल टी २० लिग : लुम्बिनी फाइनलमा

नेपाल टी २० लिग : लुम्बिनी फाइनलमा

नेपालखबर
पुस २४, २०७९ आइतबार १५:४१, काठमाडौँ

जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको फाइनलमा पुगेको छ। 

पराजित जनकपुरले फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ। जनकपुरले अब एलिमिनेटर खेलको बिजेतासँग फाइनल पुग्नका लागि स्पर्धा गर्नेछ।  

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो। 

जनकपुरका लागि सरफुद्दिन अस्रफले सर्वाधिक २४ रन बनाए। राजेश पुलामी १३ र कप्तान त्रिभोन ग्रिफ्तले १० रन थपे। 

लुम्बिनीका दिपेन्द्र सिंह ऐरि, विपुल शर्मा र सागर ढकालले समान २ विकेट झारे। ऐरिले ३ ओभरमा १ मेडन राख्दै मात्र ९ रन खर्चे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानम जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार पारेको थियो। 

लुम्बिनीका लागि इसान पाण्डेले सर्वाधिक ३८ रनको योगदान दिदए। अनिल शाले २४ तथा लाहिरु मिलान्थाले १६ रन थपे। विपुल शर्मा २०, सेड्ली भान १७ रनमा पवेलियन फर्के। कप्तान दिपेन्द्र सिंह ऐरिले १० रन बनाए। 

जनकपुरका असान प्रियञ्जन र सोमपाल कामीले समान २ विकेट लिए। जितेन्द्र मुखिया र त्रिभोन ग्रिफ्त र पवन सर्राफले एक एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .