पुस १६ मा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नुअघि साउदी अरेबियाको फुटबल क्लब अल नासरका फलोअर्स ८ लाख हाराहारी थिए।
सामाजिक सञ्जालमा विश्वकै सबैभन्दा धेरै फ्यान फलोइङ भएका पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई भित्र्याएपछि यो क्लब अहिले चर्चाको शिखरमा छ। यही चर्चाको फाइदा उसले सामाजिक सञ्जालमा पाएको छ।
रोनाल्डोलाई अनुबन्धन गरेको पाँच दिनमा यो क्लबले इन्स्टाग्रामसँगै साउदी अरेबियाको फुटबल क्लब अल नासरका फलोअर्स ह्वात्तै बढेका छन्।
पुस १६ सम्म ८ लाख आसपास रहेका इन्स्टाग्रामका फलोअर पाँच दिनमै बढेर ९४ लाख नाघेका छन्।
एसियाली क्बलमा रोनाल्डोको यात्राले अल नासरले फलोअर्समा चर्चित युरोपेली क्लबलाई पनि उछिनेको छ।
३७ वर्षीय यी स्टाइकरलाई टोलीमा अनुबन्धन गरेको केही घण्टामा नै अल नासर क्लबको आधिकारिक इन्स्टाग्राममा फलोअर्स २० लाखभन्दा धेरैले बढेका छन्।
पछिल्लो अवस्थामा इटालियन क्लब इन्टर मिलानका फलोअर्स ८८ लाख छन्। यस्तै अर्को इटालियन क्लब नापोलीका केबल ३३ लाख फलोअर्स छन्।
इङ्लिस क्लब लेस्टर सिटीका ७१ लाख, पोर्चुगिज क्लब आयाक्सका ७९ लाख र टर्किस क्लब फेनेरबाचका ८३ लाख फलोअर्स छन्।
सन् २०२५ सम्मका लागि साउदी क्लबमा जोडिएका रोनाल्डो सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर्स भएका खेलाडी हुन्। उनको इन्स्टाग्राममा ५२ करोड ६० लाख फलोअर्स छन्।
लामो समयदेखि रोनाल्डो साउदी क्लबमा जाने हल्ला चलिरहेको अवस्थामा शुक्रबार आधिकारिकरुपमा क्लबले उनीसँग सम्झौता भएको घोषणा गरेको थियो। क्लबले उनलाई आफ्नो टोलीमा भित्र्याउनुले नयाँ इतिहास रच्न सफल भएको छ।
रोनाल्डोले पनि आफ्नो क्षमता एसियामा देखाउन आफू उत्सुक रहेको उल्लेख गरेका छन्। विभिन्न सञ्चारमाध्यमहरुले उनी वार्षिक करिब २८ अर्ब नेपाली रुपैयाँ तलब बुझ्ने गरी अल नासर गएको बताएका छन्।
Shares
प्रतिक्रिया