इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर एस्टन भिल्लासँग २–० गोल अन्तरले पराजित भएको छ।
एस्टन भिल्लालाई जित दिलाउने क्रममा खेलको ५० औं मिनेटमा इमि बुन्डिया र ७३ औं मिनेटमा डोउग्लास लुइजले गोल गरेका थिए।
यससँगै टोटनह्यामले लिगको चौथो स्थानमा फर्किने मौका गुमाएको छ। उसले लिगमा १७ खेलमा ३० अंक हात पारेको छ।
१२ औं स्थानमा रहेको एस्टन भिल्लाले भने समान खेलबाट २१ अंक हात पारेको छ।
30
Shares
प्रतिक्रिया