ad ad

राजनीति


मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशनपछि घट्यो दूधको मूल्य

मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशनपछि घट्यो दूधको मूल्य

नेपालखबर
पुस १८, २०७९ सोमबार ७:२६, काठमाडौँ

दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। केही निजी व्यवसायीहरुले दुधको मूल्य आफूखुसी बढाएको बारेमा समाचारहरु प्रकाशित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे चासो राखेका थिए। 

प्रधानमन्त्री प्रचण्डले कृषि पशुपंक्षी मन्त्रालय सचिवलाई यसबारे जानकारी लिएर तत्काल मल्यवृद्धिको निर्णय फिर्ता गराउन निर्देशन दिएका थिए। 

‘केही दुग्ध उद्योगीहरुले आफूखुसी दुधको मूल्य बढाएको खबर आएपछि प्रधानमन्त्रीले पशुपन्छि मन्त्रालयका सचिवलाई सोध्नुभएको थियो,’ प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले भने, ‘त्यसपछि मूल्य वृद्धि फिर्ताको निर्णय भएको हो। 

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। 

आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ। तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढाएका थिए। किसानबाट खरिद गर्दा महँगो परेका कारण बजार बिक्री मूल्य पनि महँगो भएको उनीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .