ad ad

खेल


‘रियलले एम्बाप्पेको लागि समय बर्बाद गर्दैन’

‘रियलले एम्बाप्पेको लागि समय बर्बाद गर्दैन’

नेपालखबर
पुस ११, २०७९ सोमबार १०:१८, काठमाडौँ

गत मे महिनामा फ्रान्सका स्टाइकर केलियन एम्बाप्पेले आफ्नो पीएसजीसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरे। रियल मड्रिड जान सक्ने भनेर चर्चा भइरहेको समयमा एम्बाप्पेले सम्झौता नवीकरणको निर्णय गरेका थिए। यद्यपि उनी पुनः रियल मड्रिड नै जान सक्ने सम्भावना बलियो रहेको बताइएको थियो। 

एम्बाप्पेले पीएसजीमा आफ्नो सम्झौता नवीकरण गरेको ६ महिना पूरा हुँदा भने अब परिस्थिति पनि फेरिएको छ। यस्तोमा आगामी दिनमा एम्बाप्पेलाई रियल मड्रिडले प्रस्ताव गर्ने सम्भावना कमजोर देखिएको छ। मार्काले उल्लेख गरेअनुसार रियल अब एम्बाप्पेको लागि आफ्नो समय खर्च नगर्ने मनस्थितिमा पुगेको छ। 

कतारमा भएको विश्वकपमा सबैभन्दा धेरै गोल गरेका एम्बाप्पेलाई ल्याउनु रियलका लागि पनि महँगो हुन सक्ने देखिएको छ। त्यसैले पनि रियल मड्रिड उनको लागि आफ्नो समय बर्बाद नगर्ने पक्षमा देखिएको छ। अहिले रियल मड्रिडको नेतृत्वले अहिलेकै टोलीका खेलाडीलाई राम्रो लयमा राख्ने प्रयासमा छन्। सोही नीतिअनुसार अहिले भिनिसियस र रोड्रिगोजस्ता खेलाडीको पोजिसन राम्रो बनाउन क्लब तल्लीन देखिएको छ। 

केही समयअघि क्रिस्टियानो रोनाल्डो पनि रियल फर्किन सक्ने चर्चा चलेको थियो। यद्यपि क्लबले भने रोनाल्डो ल्याउने विषयमा कल्पना पनि गरेको थिएन। यस्तोमा एम्बाप्पेलाई ल्याउने विषयमा पनि रियलले चासो नदिन सक्छ। एम्बाप्पेलाई टोलीमा ल्याउनुको ठूलो महत्व क्लबको लागि भए पनि उनलाई टोलीमा ल्याउँदा  अहिलेको सन्तुलन बिग्रिन सक्ने डर क्लबलाई हुन्छ। एम्बाप्पे आउनेबित्तिकै टोलीका मुख्य खेलाडीहरुको अवस्था परिवर्तन हुन्छ। त्यसलाई मिलाउने चुनौती रियललाई थपिन सक्छ। रियल यो चुनौती झेल्न चाहँदैन। 

यो अवस्थामा रियलले भिनिसियसलाई थप मौका दिन सक्छ। यो परिस्थिति सिर्जना भएमा आगामी दिनमा रियल मड्रिडको टोलीको नेतृत्व ब्राजिलियन स्टाइकरको पोल्टामा जान सक्छ। 

एम्बाप्पेको गुण के हो र उनले टोलीमा के योगदान दिन सक्छन् भन्ने रियलका सबैलाई राम्रोसँग थाहा छ। तर, उनीहरुलाई यो पनि थाहा छ कि टोलीमा सन्तुलन कायम राख्नु सबैभन्दा महत्वपूर्ण हुन्छ।

सन्तुलन मिलाउने चुनौतीको बीचमा फ्रान्सेली स्टाइकरलाई टोलीमा ल्याउनु त्यति सुखद रहनेछैन। त्यसका साथै रियल मड्रिडले एम्बाप्पेलाई पीएसजीले दिएको झण्डै करिब १० करोड युरोबराबरको रकम पनि दिन सक्ने अवस्था छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .