ad ad

राजनीति


आज प्रधानमन्त्री निवास छाड्दै देउवा

आज प्रधानमन्त्री निवास छाड्दै देउवा

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार १०:३२, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार अपराह्न सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका कारण उनले सरकारी निवास छाड्ने भएका हुन्। 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अपराह्न ४ बजेपछि सरकारी निवास बालुवाटार छाड्ने तयारी गरेको सुरक्षा स्रोतले जनाएको छ।

‘नयाँ प्रधानमन्त्रीको ४ बजे शपथ छ। उहाँको शपथपछि बालुवाटार छाड्ने तयारी छ,’ प्रधानमन्त्री कार्यालयका एक सुरक्षा अधिकारीले भने। 

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ खाने भएका छन्। उनलाई राष्ट्रपति भण्डारीले आइतबार बेलुकी प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका एक सय ६९ सांसदको समर्थन छ। मंसिर ४ मा सम्पन्न निर्वाचनमा गठबन्धन गरेको दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पदमा सहमति नजुटेपछि उनी नेकपा एमालेसँग समीकरण बनाएर प्रधानमन्त्री बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .