आशिफ शेखको अर्धशतक मद्दतमा नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्ससामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा १३८ रन बनाउँदा अलआउट भयो।
पोखराका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे। शेखले ३९ बलमा ४ चौका र २ छक्का हाने। सिद्धान्त लोहनीले २९ र प्रतिश जिसीले २८ रन थपे। अमिर हम्जाले २९ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
जनकपुरका लागि केस्रिक विलियम्स्ले ३ विकेट झारे। पवन सर्राफ, ललित राजवंशी र सर्फुद्दिन अस्रफले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट लिए।
33
Shares
प्रतिक्रिया