ad ad

राजनीति


बालकोटबाट निस्किए अशोक राई, सरकारमा जानेबारे पार्टीमा सल्लाह गर्ने

बालकोटबाट निस्किए अशोक राई, सरकारमा जानेबारे पार्टीमा सल्लाह गर्ने

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १५:१, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोककुमार राई बालकोटबाट निस्किएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको चार दलको बैठकपछि राई निस्किएका हुन्।

बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुबीच सत्ता समीकरणलाई लिएर वार्ता भएको थियो।

यस्तोमा राईले बैठकमा आफ्ना कुरा राखेर निस्किएका हुन्। राई सुनसरी क्षेत्र नम्बर १ बाट विजयी हुँदा अर्का अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका थिए।

राई समाजवादीको संसदीय दलको नेता हुने सम्भावना छ। तर उनले अर्का अध्यक्ष यादवसँग आवश्यक सल्लाहपछि मात्रै सत्तामा जाने नजाने निर्णय लिने भएका छन्। 

उनले बालकोट बैठक त्यही कुरा राखेर निस्किएका हुन्। राई सुनसरी १ बाट एमालेको सहयोगमा प्रतिनिधिसभामा विजयी भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .