ad ad

खेल


नेपाल टी२० लिग एक दिनमात्रै पर सरेको हो, स्थगित भएको होइन : क्यान

नेपाल टी२० लिग एक दिनमात्रै पर सरेको हो, स्थगित भएको होइन : क्यान

नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:३५, काठमाडौँ

नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने भनेको फ्रेन्चाइज लिग नेपाल टी–२० लिग तेस्रो पटक सरेको छ। 

भोलि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाल टी–२० लिग प्राविधिक कारणले एक दिन पछि सरेको क्यानले जनाएको छ। 

क्यानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिग एक दिन पछि सरेको जानकारी दिएको हो। 

यस्तै क्यानले लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ। 

यसअघि विभिन्न कारण देखाउँदै क्यानले दुई पटक लिग स्थगित गरिसकेको छ। 

क्यानले नेपालमा एक मात्र आधिकारिक लिग हुने भन्दै एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगलाई आयोजनाको अवसर खोसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .