ad ad

खेल


ए डिभिजन लिग: थ्रीस्टारको पहिलो जित

ए डिभिजन लिग: थ्रीस्टारको पहिलो जित

नेपालखबर
पुस ७, २०७६ सोमबार ११:५२,

रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ। दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो।

खेल सकिन ६ मिनेट बाँकी रहँदा सुशिल राईले गरेको गोल नै थ्रीस्टारका लागि निर्णायक बन्यो। सुसान राईले मैदानको दायाँबाट गरेको क्रसमा सुशिलले सिक्स यार्ड बक्स बाहिरबाट गोल गरेका हुन्। खेलको पहिलो हाफमा दुवै टोलीले खासै आक्रमण बुन्न सकेका थिएनन्।

४६औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार गोलकिपरले पञ्च गरे। त्यसकै रिवाउन्डमा सुसानको प्रहार अजितले ब्लक गरिदिए। ४९औं मिनेटमा मिक्छेन तामाङको प्रहार आकासियो। ५३औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोष्टमाथिबाट गयो। ५४औं मिनेटमा थ्री स्टारका मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर पोष्टबाट थोरै बाहिरियो।

लगत्तै पुलिसका सुमन लामाले वान भर्सेस वानमा गोल गर्न सकेनन्। उनको प्रहार थ्री स्टारका गोलरक्षक प्रिसोले बचाए। ६८औं मिनेटमा हम्जातको क्रसमा विजय भुजेलको हेडर पोष्टबाट थोरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो।

पूर्व विजेता यी दुई टोली थ्री स्टार र पुलिसले आ–आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए। पुलिसले यति हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै थ्री स्टारले प्रभु बैंक जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो।

त्यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै लगातार दोस्रो जित हासिल गरेको थियो। ६ अंकका साथ मनाङ शीर्षस्थानमा छ। थ्री स्टार ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ। समान ४ अंक भएका च्यासल तेस्रो र जाउलाखेल युथ क्लब चौथो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .