खेल


के इंग्लिस क्लब लिभरपुल किन्दै छन् मुकेश अम्बानी?

के इंग्लिस क्लब लिभरपुल किन्दै छन् मुकेश अम्बानी?

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार २१:१८, काठमाडौँ

भारतीय अर्बपति मुकेश अम्बानीले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल एफसी किन्न इच्छा देखाएका छन्।  

द रिलायन्स इन्डस्ट्रिजका प्रमुख अम्बानीले मध्यपूर्वी देश र अमेरिकाबाट क्लब किन्न चाहनेसँग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गरिएको द मिरर पत्रिकाले जनाएको हो। लिभरपुल अहिले फेनवे स्पोर्ट्स ग्रुप होल्डिंग्स एलएलसीको स्वामित्वमा रहेको छ। 

फेनवे स्पोर्ट्सले क्लब ४ अर्ब पाउन्ड स्टर्लिङमा बेच्न चाहेको छ। अम्बानीले अहिले इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सको स्वामित्व लिएका छन् भने भारतीय सुपर लिगमा सहयोग गरेका छन्। 

फेन्वेले अहिले गोल्डम्यान स्याक ग्रुप इन्क र मोर्गान स्ट्यान्लेसँग क्रेताको इच्छाबारे बुझिरहेको बताइएको छ। उसले सन् २०१० मा ३० करोड पाउन्डमा उक्त क्लब किनेको थियो। हाल यसको मूल्य ५ अर्ब डलरभन्दा धेरै हुनसक्ने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .