खेल


पीपीएलमा ज्ञानेन्द्र मल्लको पहिलो शतक

पीपीएलमा ज्ञानेन्द्र मल्लको पहिलो शतक

नेपालखबर
पुस २, २०७६ बुधबार ६:१८,

कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङमा काठमाडौ गोल्डेन्स् वारियर्सले एक्सपर्ट धनगढीसामु १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको छ।

पोखरा रगंशालामा जारी नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा धनगढीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रनको योगफल तयार पारेको हो।

काठमाडौका लागि कप्तान मल्लले ३ बलमा ९ छक्का र ८ चौका प्रहार गर्दै शतक पुरा गरे। जारी पीपीएलमा मल्लले पहिलो शतक प्रहार गरेका हुन्। मल्ल कमल सिंह ऐरिको बलमा क्याच आउट भए। काठमाडौका लागि जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रनको योगदान दिए।

धनगढीका कमल सिंह ऐरिको कसिलो बलिङ सामु काठमाडौका ३ ब्याट्सम्यान खातै नखोली पवेलियन फर्के। अन्तिम ओभरको ३ बलमा कोल्सावालालाई ४६ रनमा पवेलियन फर्काएका ऐरिले तेस्रो बलमा कप्तान मल्ल र पाँचौ बलमा सुवोध भाटीलाई आउट गरे।

मौसमका कारण १७ ओभरमा छोट्टाईएको खेलमा धनगढीका लागि ऐरिले आप्mनो स्पेलमा ३७ रन खर्चदै ४ विकेट लिए। सागर ढकालले १ विकेट लिए।

आजको खेलमा धनगढीका विक्रम ठगुन्ना भने केही महंगा सावित भए। २ ओभर बलिङ गरेका उनले ३७ रन खर्चे।

१ सय ८६ रनको लक्ष्य पछ्याएको एक्पर्ट धनगढीले जवाफि ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad