कारोबार


घातक रोगको बीमाबापत एनआईसीले दियो बुद्धिरामलाई १५ लाख

घातक रोगको बीमाबापत एनआईसीले दियो बुद्धिरामलाई १५ लाख

नेपालखबर
पुस २, २०७६ बुधबार ६:१४,

एनआईसी एसिया बैंकले अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकमबापतको चेक हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो चामत्कारिक बचत खाता योजनाअन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधाअन्तर्गत उक्त रकम प्रदान गरेको हो।

चामत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धिराम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाताअन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुनेबित्तिकै प्रदान गरिने बीमाबापतको रकम १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन्।

आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ।

मुलुकभर ३ सय ११ शाखा कार्यालयहरु, ४ सय ४ एटीएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत एनआईसीले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad