ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट आजबाट सुरु हुँदै

प्रधानमन्त्री कप क्रिकेट आजबाट सुरु हुँदै

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:२४, काठमाडौँ

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदै छ। प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुँदै छन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बिहान ९ः३० बजे सुरु हुनेछ।  

पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ।

यस खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ। कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।

समूह बी मा नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .