ad ad

राजनीति


धमाधम प्रत्यक्षतर्फको मतपत्र छाप्दै निर्वाचन आयोग, कहिलेबाट हुन्छ ढुवानी?

धमाधम प्रत्यक्षतर्फको मतपत्र छाप्दै निर्वाचन आयोग, कहिलेबाट हुन्छ ढुवानी?

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:४५, काठमाडौँ

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइको काम सकिएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको हो। 

बाँकी मतपत्र छपाइको काम भइरहेको आयोगले जानकारी दिएको छ। साथै, छापिएको मतपत्र कात्तिक १३ गतेबाट सुरू हुने आयोगले जनाएको छ। पहिलो चरणमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुने आयोगले जनाएको छ।

साथै, यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने आयोगको वेबसाइटमा उल्लेख गरिएको छ। 

साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने बताइएको छ।

तस्बिर स्रोत: निर्वाचन आयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .