तर यस लिग खेल्न आउने अश्वेत जातिका खेलाडीमाथि बारम्बार भेदभावपूर्ण तथा जातिवादी टिप्पणी गरिन्छन्।
सिरि एले जातिवादविरुद्ध हालै एक अभियान संचालन गरेको छ। उनीहरुले सिरि ए लगायत विश्वभरका अश्वेत जातिका खेलाडीमाथि हुने हेपायसी प्रवृत्तिविरुद्ध अभियान संचालन गरे पनि यतिबेला उनीहरु आफैं आलोचित बनेका छन्।
जातिवादविरद्धको अभियानका लागि बनाइएका पोस्टरमा सिरि एले बाँदरको तस्बिर राखेपछि सिरि ए आलोचित बनेको हो।
पोस्टरमा ‘बाँदरको फोटो राखेर जातिवादविरुद्ध एक हौं, जातिवादलाई प्रश्रय नदियौं’ भनिएको छ।

यतिबेला विश्वभरबाट सिरि एको यस कार्यको आलोचना भएको छ। सिरि ए खेलिरहेका क्लबले पनि आलोचना गरेका छन्।
कतिपयले अश्वेत जातिका मानिसलाई सिरि एले बाँदरसँग तुलना गरेको टिप्पणी गरेका छन्।
सिरि ए खेल्ने क्लब एएस रोमा ट्वीटरमा लेख्छ,‘सिरि एले जातिवादविरुद्धको अभियानमा बनाएको पोस्टर देखेर हाम्रो क्लब आश्चर्यमा परेको छ। हामी बुझ्छौं लिग जातिवादविरुद्ध उभिन चाहन्छ तर यो तरिका राम्रो हो भनेर हामी विश्वास गर्न सक्दैनौं।’ बीबीसी
— AS Roma English (@ASRomaEN) December 16, 2019#ASRoma was very surprised to see what appears to be an anti-racist campaign from Serie A featuring painted monkeys on social media today. We understand the league wants to tackle racism but we don’t believe this is the right way to do it. pic.twitter.com/jVLImrgS0y

प्रतिक्रिया