खेल


पीपीएल : पोखरा पल्टनद्वारा चितवन राइनोजलाई १०८ रनको लक्ष्य प्रस्तुत

पीपीएल : पोखरा पल्टनद्वारा चितवन राइनोजलाई १०८ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
पुस १, २०७६ मंगलबार ७:३३,

नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता ‘पीपीएल’मा पोखरा पल्टनले चितवन राइनोजसामु १ सय ८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा रगंशालामा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १ सय ७ रन जोड्दा अलआउट भयो।

चितवनको कसिलो बलिङसामु गत वर्षको उपाधि विजेता पोखराका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन्। पोखराका लागि कप्तान शरद भेषावकरले ४५ रन रन जोड्नेबाहेक अन्यले गतिलो प्रर्दशन गर्न सकेनन्।

३९ बलको सामना गरेका भेषावकरले ३ छक्का र ३ चौका प्रहार गरे। कुशल मल्लले १३ रन जोडेको इनिङ्समा रसिद खान, रविइन्दर सिंह, आशिफ शेखले समान १० रन जोडे। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। ललित राजवंशी ३ रनमा नटआउट रहे।

चितवनका सन्नी पटेल, रोहन मुस्ताफा र भुवन कार्कीले समान २ विकेट लिए। बिक्रम सोब, कारण केसी र कप्तान पारस खड्काले समानले १ विकेट हात पारे।

चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad