राजनीति


पाकिस्तानको विशेष अदालतद्वारा पूर्वसैन्यशासक मुसर्रफलाई मृत्युदण्ड दिने फैसला

पाकिस्तानको विशेष अदालतद्वारा पूर्वसैन्यशासक मुसर्रफलाई मृत्युदण्ड दिने फैसला

नेपालखबर
पुस १, २०७६ मंगलबार ७:१५,

पाकिस्तानको इतिहासमै पहिलोपटक त्यहाँको विशेष अदालतको तीन–सदस्यीय इजलासले पूर्वसैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको छ।

पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले मंगलबार सो मृत्युदण्डको आदेश सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

तत्कालिन सैन्यप्रमुख युनाइटेड अरब इमिरेट्सको दुबईमा बस्दै आएका कारण उनकाे अनुपस्थितिमा याे फैसला सुनाइएकाे हाे।

विशेष अदालतले आज सो मुद्दाको फैसला दिने घोषणा गरे पनि सरकारी वकिलले भने अन्य तीनजना लाई पनि छानविनमा ल्याउन आग्रह गरेको डनले जनाएको छ।

उनीहरुले पूर्वप्रधानमन्त्री शौकत अजिज, सर्वोच्च अदालतका पूर्वप्रधान न्यायधिस अब्दूल हमिद दोगर र पूर्व कानूनमन्त्री जाहिद हमिदलाई समेत सोहि मुद्दामा उनलाई सहयोग गर्ने आरोपीको रुपमा छानविन गर्न माग गरिएको छ।

सरकारी वकिलहरुका अनुसार शौकत अजिजले मुसर्रफलाई इमरजेन्सी लगाउन भनेका थिए।

तत्कालिन सेना प्रमुख मुसर्रफले सन् १९९९ मा सैन्य कू गरी ९ वर्षसम्म एकलौटी शासन चलाएका थिए । त्यसपछिको आमनिर्वाचनमा उनको दल हारेपछि मात्र उनी सत्ताबाट हटाइएका हुन्।

सेनाप्रमुख रहेका मुसर्रफले सैन्य कू गरी पहिले आफैंलाई कार्यकारी प्रमुख र त्यसपछि राष्ट्रपति घोषणा गरेका थिए। त्यसपछि उनले आर्थिक विकास गरी त्यसको जस लिन खोजेपनि चुनावमा जनताले साथ दिएनन्। त्यसपछि उनी विदेशमा बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad