नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ४ सय मिटर हडल्समा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राम प्रसाद थारुले स्वर्ण पदक जितेका छन्।
पोखरा रगंशालामा बुधबार भएको खेलमा आर्मीका राम प्रसादले आर्मीकै जीवन चौधरीलाई पछि पार्दै स्वर्ण जितेका हुन्। उनले निर्धारित दूरी ५३ः५३ मा दूरी पार गरे।
रजत विजेता आर्मीकै जीवनले ५३ः८९ मा दूरी पूरा गरे। एपीएफका निर प्रसाद महतोले ५३ः९२ मा दूरी पार गर्दै कास्यमा सीमित भए।
त्यसअघि भएको ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।
यसअघि उनले १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी थिईन्।
नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत जितिन्। १० हजार मिटरमा राजपुरा रजत पदक हात पारेकी थिइन्।
24
Shares
प्रतिक्रिया