ad ad

खेल


ए डिभिजन लिगः साहुखलको दुई गोलमा च्यासलको जित

ए डिभिजन लिगः साहुखलको दुई गोलमा च्यासलको जित

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १२:३,

सन्तोष साहुखल नायक बनेपछि च्यासल यूथ क्लबले काठमाडौंमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार दिउसो भएको खेलमा च्यासलले साविक उपविजेता संकटा क्लबलाई २-० ले पराजित गरेको हो।

च्यासलको जितमा दुवै गोल सन्तोषले गरेका थिए। ४१औं मिनेटमा पेनाल्टी एरियाको बायाँ तर्फबाट बल अघि बढाएका साहुखलले विपक्षी दुई खेलाडीलाई छलाउँदै गरेको प्रहारले जाली चुमेको थियो। उक्त गोलसँगै च्यासल पहिलो हाफमा १–० ले अघि रह्यो।

८०औं मिनेटमा दुई मिनेटको बीचमा दुई पहेँलो कार्ड पाउँदै लक्ष्मण रुचालले मैदान छाडेपछि संकटा दश खेलाडीमा सीमित भयो। पहिलो कार्ड रेफ्रिसँग दुव्र्यवहार गरेर पाएका उनले दोस्रो कार्ड नितिन थापामाथि फल गरेपछि पाएका थिए त्यसको फाइदा उठाउँदै ८४औं मिनेटमा सन्तोषले नै दोस्रो गोल गरे। उनले पेनाल्टी क्षेत्रको बायाँ क्षेत्रबाट बल अघि बढाउँदै एकल प्रयासमा गोल गरेका थिए।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ। गतवर्ष रेलिगेसन सिस्टम नराखेपनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ। लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।

सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ। लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन्। म्याच मनिका रुपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ। खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .