ad ad

खेल


डेब्यु खेलमै पुलिसलाई स्वर्ण, साविक विजेता एपीएफ ५ रनले पराजित

डेब्यु खेलमै पुलिसलाई स्वर्ण, साविक विजेता एपीएफ ५ रनले पराजित

स्वर्ण विजेता पुलिसको क्रिकेट टोली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १७:१, पोखरा

साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ। 

पोखरा रगंशालास्थित क्रिकेट मैदानमा मगंलबार भएको फाइनल खेलमा साविक विजेता  एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस क्ललबे डेब्यु खेलमा नै उपाधि उचालेको छ। 

राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएको नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दै इतिहास बनाएको छ। एपीएफले यसअघि छैटौँ र आठौँ राष्टिय खेलकुदमा स्वर्ण पदक जितेको थियो। 

पुलिस क्लबले दिएको ९० रनमो सामान्य लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८५ रन मात्र बनाउन सक्यो। 

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रन बनाईन्। राजमती ऐरि १२ रनमा नटआउट रहिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पुलिस क्लबकी इश्वरी विष्टले २ तथा रुविना क्षत्री, संगीता राई, हिरनमय रोयले समान १ विकेट झारे। 

त्यसअघि नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पारेको थियो। 

पुलिस क्लबका ओपनर काजल श्रेष्ठ २७ रनमा रनआउट भईन्। सम्झना खड्का ११ रनमा पवेलियन फर्किन्। 

५५ बलको सामना गरेकी काजलले १ चौका हानिन्।  सम्झना खड्काले २१ रन थपिन्। कविता जोशी १३ र अप्सरी बेगम २ रनमा नटआउट रहे। 

पुलिस क्लबका नेरी थापा। इन्दु बर्मा र सीता रानामगरले सान १ विकेट झारे। 

आजै तेस्रो स्थानका लागि भएको स्पर्धामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले कास्य पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .