ad ad

कारोबार


विदेशबाट नेपालीलाई स्वदेश पठाउने कोका–कोलाको यस्तो अभियान

विदेशबाट नेपालीलाई स्वदेश पठाउने कोका–कोलाको यस्तो अभियान

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १७:११, काठमाडौँ

लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन्। ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन्। 

कमजोर आर्थिक अवस्था र कोरोना कहरले धेरै नेपालीहरु घर फर्कन पाएनन्। विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको जनाएको छ।  

सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जनालाई नेपाल ल्याएको थियो। 

वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ।

यसरी घर फर्कन पाउनेहरुमध्ये एक हुन् कान्छी माया तामाङ्ग। 

उनले भनिन्, ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु। हरेक वर्ष विशेष गरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो। तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन। ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।’

क्याम्पेनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोला सम्बन्धहरुमा विश्वास गर्ने बताए। खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहेको उनको भनाइ थियो। 

‘त्यसैले हाम्रो यस वर्षको दसैंँ थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौँ। यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ’, उनले थपे, ‘किनभने दसैंँको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो। चाडपर्वको अवसरमा वहाँँहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुसी लागेको छ।’

सम्बन्ध उत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्देश्य उपभोक्ताहरुलाई चाडपर्वको समयमा  मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्ने रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .