ad ad

खेल


१ सय मिटरमा आर्मीलाई दोहोरो स्वर्ण

१ सय मिटरमा आर्मीलाई दोहोरो स्वर्ण

नेपालखबर
असोज ३१, २०७९ सोमबार १०:२८, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ सय मिटर हडल्समा त्रिभुवन आर्मी क्लबले दोहोरो स्वर्ण पदक जितेको छ। 

महिलातर्फको स्पर्धामा जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्।

उनले आर्मीकै निर्मला थापालाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्।

जयरानीले सय मिटर हडल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि जयरानीले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

निर्मलाले १६.२५ सेकेण्डमा दूरी पार गर्दै रजत पाइन्। एपीएफकी भगरती कुमारी थारुले कास्यमा चित्त बुझाइन्। उनले निर्धारित दूरी १९.१३ मा पार गरिन्। 

पुरुषतर्फकै स्पर्धामा आर्मीकै जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित ११० मिटरको दूरी १५.०३ सेकेण्डमा पार गर्दै स्वर्ण हात पार्दा पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक जिते।

चन्द्रदेवले निर्धारित दूरी १५.८१ सेकेण्डमा पार गरे। आर्मीकै राम प्रसाद थारुले कास्य जिते। उनले निर्धारित दूरी १६.०० सेकेण्डमा पार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .