पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलको साेमबारकाे पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पोखरा रगंशालामा जारी प्रतियोगितामा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १७ रन जोडेको थियो।
धनगढीका कमल सिंह ऐरी २६ रन र सागर ढाल १ रनमा नटआउट रहे। २१ बल खेलेका ऐरीले २ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै श्रीमन्था विजारत्ने २५, रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
विराटनगरका शाहब आलमले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चेर ३ विकेट हात पारे। यस्तै नोमन खान २ र किशोर महतो, पुनित मेहेरा र मोहम्मद जयद आलमले समान १ विकेट हात परे।
१ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया