ad ad

राजनीति


भारतमा नागरिकता विवादपछि बंगलादेशले भन्योः हाम्रा नागरिकको सूची देऊ

भारतमा नागरिकता विवादपछि बंगलादेशले भन्योः हाम्रा नागरिकको सूची देऊ

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ६:१७,

जनसत्ताका अनुसार बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनले भारतलाई अवैध बंगलादेशी नागरिकको सूची मागेका हुन्।

मोमेनले भनेका छन्,‘यदी भारतसँग अवैध बंगलादेशी नागरिकको सूची छ भने हामी उनीहरुलाई फिर्ता ल्याउन चाहन्छौं।

विदशेमन्त्री मोमेनले आफू व्यस्त भएकाले बिहीबार हुने तय भएको भारत भ्रमण पनि रद्द गरिदिएका छन्।

भारतमा नागरिकता विवादहुँदा ६ जनाको मृत्यु भइसकेको छ।

नागरिकता संसोधन विधेयकलाई लिएर भारतको पूर्वी राज्य आसामको अवस्था बिग्रदै गएको छ। आसामका केही स्थानमा हिंसा मच्चिएको छ।

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलालादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको एउटा विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .