ad ad

खेल


खेलकुद परिषद् गण्डकीका सदस्य सचिव गुरुङले पाए अनिवार्य अवकाश

खेलकुद परिषद् गण्डकीका सदस्य सचिव गुरुङले पाए अनिवार्य अवकाश

नेपालखबर
असोज २४, २०७९ सोमबार २०:५०, काठमाडौँ

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले अवकाश पाएका छन्। ६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा अनिवार्य अवकाश पाएका हुन्। 

खुला प्रतिष्पर्धामार्फत १९ महिनाअघि प्रदेश खेलकुद परिषद् गण्डकीको सदस्यसचिव नियुक्त भएका थिए। 

गण्डकी प्रदेश खेलकुद परिषदबाट उमेर हदका कारण अनिवार्य अवकाश पाउनुअघि सोमबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा गरेको कामको जानकारी गराएका थिए। 

पत्रकार सम्मेलनम उनले भने, ‘यो नियमित प्रक्रिया हो, १९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई स्थापित गर्न हामीले जुन भूमिका खेल्यौँ, त्यो महत्वपूर्ण छ। प्रदेशको भिजन स्टेटमेन्ट–‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुदलाई सर्वव्यापी बनाउन प्रयास गरिएको छ।’ 

उनले आफ्नो कार्यकलमा उत्कृष्ट खेलाडी उत्पादन र सुनिश्चित जीवनशैली, अनुसन्धानात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरी उपलव्धिमूलक नतिजा प्राप्त गरिएको दाबी गरे। 
उनले आगामी दिनमा पनि कुनै न कुनै भुमिकामा खेलकुदको विकासका लागि सक्रिय रहने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .