इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी२० सिरिजको उपाधि हात पारेको छ। आइतबार राति भएको अन्तिम तथा निर्णायक खेलमा जित हात पार्दै इंग्ल्याण्डले उपाधिमाथि कब्जा जमाएको हो।
आइतबार राति भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानमाथि ६७ रनको फारकिलो जित हात पारेको हो। पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा तीश्न विकेटको क्षतिमा २०९ रन बनाएको थियो।
विशाल योगफल तयार पार्ने क्रममा इंग्ल्याण्डका डेभिड मलानले अविजित ७८ रनको पाली खेलेका थिए। त्यस्तै ह्यारी ब्रूकले ४६ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि सान मक्सुदले ५६ रनको पाली खेलेका थिए।
यससँगै ७ खेलको सिरिज इंग्ल्याण्डले ४–३ले आफ्नो पक्षमा पारेको हो।
असोज १७, २०७९, साेमबार
54
Shares
प्रतिक्रिया