ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी र मधेश प्रदेश भिड्दै

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी र मधेश प्रदेश भिड्दै

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १२:३९, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश भिड्दै छन्।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ। सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्नेछन्। खेल पोखरा रगंशालामा हुनेछन्। 

प्रतियोगितामा सहभागी नौ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह मा नेपाल एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन्। समूह बीमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्। दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

नवौँ खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म भनिए पनि महिला क्रिकेटका खेल असोज २३ देखि कात्तिक १ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .