ad ad

खेल


ट्रफी सार्वजनिक, सर्‍यो पीपीएल

ट्रफी सार्वजनिक, सर्‍यो पीपीएल

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १२:३३,

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक भएको छ। आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरेको हो।

पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन्। कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित रहेका थिए। पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए।

यस्तै मौसमका कारण शनिबार हुने भनिएको काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको उद्घाटन खेल आइतबार सारिएको छ। पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ। पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन्।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ। यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैयाँ साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन्।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु क्लियर टिभि क्लियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ। गत वर्ष पोखराले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .