माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।
खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गु?ङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गु?ङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन्।
प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन्। फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्। टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ।
प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ।
असोज ४, २०७९, मंगलबार
21
Shares
प्रतिक्रिया