खेल


सन्दीपले भने : मविरुद्धको आरोप टिमलाई थाहा भइसक्यो, तर खेल्न समस्या छैन

सन्दीपले भने : मविरुद्धको आरोप टिमलाई थाहा भइसक्यो, तर खेल्न समस्या छैन

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १४:२३, काठमाडौँ

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको आरोपबारे जमैका तलवाज क्लबलाई पनि जानकारी भएको बताएका छन्। 

जमैका तलवाजमा आवद्ध सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। 

नेपाल क्रिकेट संघ (क्यान) सँग कुरा गर्दै उनले आफूमाथि लागेको बलात्कार आरोपबारे आफ्नो क्लबलाई जानकारी भइसकेको र खेल्न समस्या नरहेको बताएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।

‘हिजो राति मैले नै सन्दीपलाई सम्पर्क गरेर तिमीविरुद्ध एकजना युवतीबाट केस फायल भएको छ, तिमीलाई थाहा छ भनेर सोधेको थिएँ। उसले थाहा पाएको र आफ्नो संलग्नता नरहेको बतायो’, मल्लले भने, ‘तिमी अब फर्किनु पर्ने होला भन्दा उसले म सीपीएल सकेर फर्किन्छु भन्यो। उक्त प्रकरणबारे आफ्नो टिमले पनि थाहा पाइसकेको र खेल्न समस्या नरहेको बतायो।’

उनले क्यानसँग कानुनी उपचारका लागि आवश्यक सहयोगसमेत माग गरेका छन्। क्यानले सकरात्मक जवाफ दिएको छ। 

भिडिओ

‘हाम्रो खेलाडी हो अपराध गरेको छ भने क्यानले ढाकछोप गर्दैन। कानुनी उपचार उसको अधिकारको कुरा हो। क्यान उसको अविभावक पनि हो। कानुनी सल्लाहकारको व्यवस्था गर्न सहजीकरण गरिदिन्छौँ। बाँकी उसको वकिलले गर्ने कुरा हो’, मल्लले भने। 

क्यानले यसबारे प्रहरीसँग पनि सोधखोज गरेको छ। तर प्रहरीले अहिले घटना प्रारम्भिक अनुसन्धानमै रहेको जवाफ दिएको थियो। प्रहरीले क्यानसँग कुनै सहयोग नमागेको बताइएको छ। 

सन्दीपविरुद्ध १७ वर्षीया एकजना किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी छन्। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान थालिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad