ad ad

खेल


साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुवात

साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुवात

नेपालखबर
भदौ २२, २०७९ बुधबार १९:४८, काठमाडौँ

माल्दिभ्सलाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो। 

खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा कुनै गोल थप्न सकेन। बंगलादेशको जितमा कप्तान सविना खातुनले दुई तथा मासुरा प्रविनले एक गोल गरिन्। 

खेलको छैटौँ मिनेटमा मोनिका चक्माको फ्रिकीक गोल पोष्टको पहिलो बारबाट बाहिरिँदा बंगलादेश अग्रता बनाउनबाट चुकेको थियो।

खेलको ३१ औँ मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको प्रहार दोस्रो प्रहारबाट बाहिरियो। ३२ औँ मिनेटमा कप्तान सविनाको प्रहारलाई मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजाले रोक्ने कुनै मौका नै पाइनन्। त्यसको दुई मिनेटमा नै मासुरा प्रविनले डिबक्स भित्रबाट गरेको गोलमा परिणत हुँदा बंगलादेशले २–० को अग्रता बनायो। 

खेलको ४० औँ मिनेटमा बंगलादेशले खेलमा ३–० को अग्रता बनायो। बंगलादेशकी मारिया मान्डाको सशक्त प्रहार मालदिभ्सकी गोलरक्षकले पन्च गर्दै बचाएपनि त्यसकै रिबाउण्डमा आएको बललाई कप्तान सबिनाले पोष्टको दिसा दिइन्।                     

६१ औँ मिनेटमा कृष्णमनी सरकारको क्रसमा कप्तान सविनाको प्रहार पोष्टबाट बाहिरियो। खेलको ८२ औँ मिनेटमा बंगलादेशले गोल गरेपनि रेफ्रिले त्यसलाई गोलको मान्यता दिएन।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको माल्दिभ्सले बंगलादेशलाई अग्रता बढाउने कुनै मौका दिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .