खेल


नेमारले मेस्सीलाई म्यासेजमा भनेः चिन्ता नगर म आउँदै छु

नेमारले मेस्सीलाई म्यासेजमा भनेः चिन्ता नगर म आउँदै छु

नेपालखबर
असार ९, २०७६ सोमबार १३:१३,

ब्राजिलिएन स्टार नेमार जुनियर नयाँ सिजनको सुरुवातसँगै बार्सिलोनामा पुनः अनुबन्ध हुने चर्चा चलिरहेको छ।

यसबीचमा नेमारले बार्सिलोनाका आफ्ना पुराना साथीहरुलाई म्यासेज पठाएर आफू बार्सिलोनामा पुनः अनुबन्ध हुन लागेको जानकारी गराएका छन्।

अन्तर्राष्ट्रिय खेलकुद न्यूज पोर्टल ‘स्पोर्ट’का अनुसार नेमारले मेस्सी र स्वारेजलाई अन्तिमपटक म्यासेज पठाउँदै ‘चिन्ता नगर म आउँदै छु’ भनेका छन्।

केही हप्तायता नेमारले पीएसजी छाड्ने अभिव्यक्ति दिएको हल्लाहरु चलेका छन्।

नेमारले फेरि बार्सिलोना फर्कन मन लागेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

फक्स स्पोर्ट्सका अनुसार नेमारले पीएसजीका प्रमुख नासर अल–खेलाइफीसँग बार्सा जाने बताइसकेका छन्।

मेस्सी र स्वारेजसँग नेमारको सद्भावपूर्ण सम्बन्ध छ। यसै कारण पनि बार्साले नेमारलाई अनुबन्ध गर्नसक्ने विश्लेषकहरु बताउँछन्। किन भने मेस्सीको भनाइहरु बार्सामा लागू हुने गरेको जनाइएको छ।

यसअघि स्पेनको खेल पत्रिका मार्काले समेत बार्साले नेमार फेरि अनुबन्ध गर्न चाहेको तर ३ वटा सर्त राखेको बताएको थियो।

उक्त सर्तहरुमा नेमार बार्सा आउन चाहे ल्याउने तर पीएसजीमाभन्दा कम तलब दिने उल्लखे गरिएको थियो।

मार्काका अनुसार नेमारले बार्साविरुद्ध बोनस पाउनु पर्ने मुद्धा फिर्ता लिनु पर्नेछ। साथै नेमारले सार्वजनिक रुपमै पीएसजी छाड्ने अभिव्यक्ति दिनु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad