कारोबार


अनौठो घटनाः जब एडम्स विमानभित्रै थुनिइन्...

अनौठो घटनाः जब एडम्स विमानभित्रै थुनिइन्...

नेपालखबर
असार ९, २०७६ सोमबार १३:५,

धेरै मानिसलाई विमानमा उड्दै गर्दा डर लाग्नसक्छ भन्ने त सुनेकै कुरा भयो। तर कुनै त्यस्तो परिस्थिति पनि खडा भइदिन्छ, जब तपाईं विमानस्थलभित्र रोकिराखेको विमानमा सामान्य बसिरहँदा झन् धेरै डर लाग्न सक्छ।

माशेबल डटकममा प्रकाशित एउटा यस्तै घटनाबारे यहाँ बताउन लागिएको हो। एक डियना नोइल डेलले आफ्नो साथीको फेसबुक पोष्ट बुधबार एयर क्यानडाको पेजमा ‘शेयर’ गरेपछि उक्त घटना बाहिर आएको हो। उक्त घटनाकी भुक्तभोगी थिइन् डियनाकी साथी टिफानी एडम्स।

उनी एयर क्यानडाको जहाजमा क्युबेकबाट टोरन्टो गइरहेकी थिइन्। उडानकै दौडान उनी निदाउन पुगिन्। विमान गन्तव्यमा पुग्यो, सबै यात्रु झरे तर उनी निदाएको निदायै भइन्, कसैले बोलाइदिएन। उनी जब ब्युँझिन्, तब मध्य रात भइसकेको थियो। बाहिर अत्यन्त चिसो थियो। त्यसपछिमात्रै उनले आफूलाई कसैले नबोलाई विमानबाट बाहिरिएको महसुस गरिन्।  उनी रहेको जहाज एयरपोर्टमा पार्क गरिएको अवस्थामा थियो। त्यसपछि उनले आफ्नो साथीलाई आफू मध्यरातमा विमानमा एक्लै रहेको सन्देश पठाइन्। त्यसपछि दुई साथीले फेसटाइम वार्ता के सुरु गरेका थिए, टिफानीको मोबाइलको चार्ज सकियो।

यसले झनै उनलाई हतास बनायो। त्यसपछि उनी मोबाइल चार्ज गर्ने उपाय खोज्न थालिन्। यूएसबी पोर्ट भेटाएजति चार्जर राख्दा पनि मोबाइल चार्ज भएन किनकि विमान बन्द गरेपछि त्यसमा कुनै विद्युत् प्रवाह उपलब्ध भएन। त्यसपछि उनी कसरी बाहिरिने उपाय खोज्दै ककपिटसम्म पुगिन्, जहाँ एउटा फ्ल्यासलाइट फेला पर्यो। त्यसलाई उनले झ्यालबाहिर देखाउनथालिन्, ता कि कोही कसैले उक्त लाइट देखोस् र आफूलाई विमानबाट बाहिर निकालोस्।

यस्तैमा उनी विमानको ढोका खोल्न सफल भइन् तर भुइँभन्दा उनी निकै फिट माथि थिइन्। यतिकैमा एक जना ल्याडर डकसहित त्यहाँ आइपुगे। उनी त्यसमा सुरक्षितसाथ हामफालिन्। उक्त घटनायता आफूलाई राम्ररी निद्रा नै पर्न सकेको छैन भने त्यो आतंकले अझै पछ्याइरहेको उनले पोष्टमा लेखेकी छिन्।

विमानबाट बाहिरिएपछि उनलाई एयर क्यानडाको कारले होटलमा बस्न आग्रह गरे पनि उनी भने सिधै घर जान चाहन्थिन्, किनकि सोही रातको भोलिपल्ट बिहान उनी अफिस जानै पर्ने थियो। एयर क्यानडाले घटनालाई लिएर माफी मागेको छ भने यसबारे अनुसन्धान गर्ने समेत बताएको टिफानीले फेसबुकमा उल्लेख गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad