ad ad

खेल


केन्याविरुद्ध चलेन नेपालको ब्याटिङ, ७ रनले पराजित

केन्याविरुद्ध चलेन नेपालको ब्याटिङ, ७ रनले पराजित

नेपालखबर
भदौ १३, २०७९ सोमबार १९:११, काठमाडौँ

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिम केन्यासँगको चौथो टी २० अन्तर्राष्ट्रिय खेलमा ७ रनले पराजित भएको छ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालका रोहित पौडेलबाहेकका कुनै पनि व्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको हो।

केन्याले दिएको १ सय १ रनको झिनो लक्ष्य पछ्याएको नेपालका कुनै व्याट्सम्यान चल्न सकेनन्। नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्र बनायो। 

सुरुमा पवन सर्राफलाई पहिलो बलमै गुमाएको नेपालले लगातार विकेट गुमाउने क्रम रोक्न नसक्दा एक खेल अगावै शृंखला जित्ने लक्ष्य भेटाउन असफल रह्यो।

नेपालका रोहित कुमार पौडेलले मात्र दोहोरो अंक बनाउन सके। ५५ बल खेलेका उनले ४७ रन बनाए पनि क्रिजमा साथ नपाउँदा टिमले पराजय व्याहोर्नुप¥यो। 

ज्ञानेन्द मल्लदेखि सन्दीप लामिछानेसम्म गरी ७ जनासँग व्याटिङ गरेका रोहितसँग कुनै पार्टनर टिकेनन्। कसैले पनि दोहोरो अंक जोड्न सकेनन्।

कसिलो बलिङ गर्ने क्रममा केन्याका राकेप पटेलले तीन विकेट लिए। यस्तै विराज पटेलले चार ओभरमा ७ रन दिएर २ विकेट लिए। सेम गोचेले चार ओभरमा दुई विकेट लिएर ७ रन मात्र दिए।

यसैगरी एलिज ओटिनोले २ विकेट लिए। केन्याको कसिलो बलिङसामू नेपालका व्याट्सम्यान निरीह देखिए।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए।

सन्दीपको अन्तर्राष्ट्रिय करिअरमै बढी विकेट हो। चार ओभर बलिङ गरेका सन्दीपले जम्मा ९ रन खर्चिएका थिए। यस्तै मोहम्मद आदिल खानले दुई विकेट लिए।

आजको हारसँगै नेपाल र केन्याले सिरीजमा दुई खुई जीत निकालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .