खेल


केन्याविरुद्ध नेपालको दोस्रो जित, सिरिजमा २-१ को अग्रता

केन्याविरुद्ध नेपालको दोस्रो जित, सिरिजमा २-१ को अग्रता

फाइल फोटो


नेपालखबर
भदौ १२, २०७९ आइतबार १९:६, काठमाडौँ

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो जित निकालेको छ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियमा भएको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १ सय ६० रन बनायो।

ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिएपछि नेपालको विजय यात्रा तय गरेको हो।

४१ बलको सामना गरेका मल्लले ४ चौका र १ छक्का मदतमा ४६ रन बनाए। 

यस्तै नेपालका लागि अर्जुन साउदले ३५, रोहित पौडेलले २९ र पवन सर्राफले २० रन बनाए। यस्तै आदिल आलमले १६ रन जोडे ।

त्यसैगरी आरिफ शेख ४ रनमा नटआउट रहे। त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको केन्याको राष्ट्रिय टिमले निर्धारित २० ओभरमा  २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।

यसअघि नेपालले पाँच टी-ट्वान्टी सिरिजको बिहीबार भएको पहिलो खेलमा जित र शुक्रबार भएको दोस्रो खेलमा हार भोगेको थियो। 

यस जितसँगै नेपालले सिरिजमा २-१ अग्रता लिएको छ। अब चौथो खेलमा जित हाँसिल गरे नेपालले सिरिज हात पार्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .